कोरोना भाइरस – विश्वभरीमा संक्रमितको साथै निको हुनेको संख्या पनि बढ्दै
SamacharDesk – विकाश | २०७७ बैशाख १५, सोमबार

विश्वभरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९५ हजार ७ सय ३६ पुगेको छ ।
त्यस्तै दुई लाख ७ हजार ९५ जनाको मृत्यु हुँदा ८ लाख ६९ हजार ९ सय ३८ जना निको भएका छन् ।
कोरोना भाइरसबाट बढी प्रभावित देश अमेरिकामा अहिलेसम्म ९ लाख ८६ हजार ३ सय ५८ जना संक्रमित भएका छन् भने ५५ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र २२ हजार २ सय ७५ जनाको मृत्यु भएको छ ।
अमेरिकामा निको हुनेको संख्या एक लाख ९ हजार ४ सय २ जना छन् ।
स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना संक्रमित भएकोमा एक लाख १७ हजार ७ सय २७ जना निको भएका छन् । २३ हजार १ सय ९० जनाको भने मृत्यु भएको छ ।
यस्तै इटलीमा एक लाख ९७ हजार ६ सय ७५ जना संक्रमितमा २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ । ६४ हजार ९ सय २८ जना निको भएका छन् ।
फ्रान्समा १ लाख ६३ हजार ४ सय ७३ जना संक्रमित हुँदा २२ हजार ८ सय ९० जनाको मृत्यु भएको छ । ४५ हजार ६ सय ८१ जना निको भएका छन् ।
जर्मनीले भने संक्रमणलाई नियन्त्रण गर्दै लगेको छ । १ लाख ५७ हजार ७ सय ७० जना संक्रमित हुँदा निको हुनेको संख्या १ लाख १२ हजार रहेको छ । ५ हजार ९ सय ७६ जनाको भने मृत्यु भएको छ ।
विश्वभरीमा संक्रमितको संख्या बढ्दै गर्दा निको हुनेको दर पनि बढ्दै गएको छ ।
Categorized in अन्तर्राष्ट्रिय