arin enterprises

शताब्दि पुरुष जोशीको १०४औं जन्मजयन्ती मनाईँदै

SamacharDesk – बिजय रत्न | २०८० बैशाख १४, बिहिबार

वाङ्गमय शताब्दि पुरुष संस्कृतिविद् स्व. डा. सत्यमोहन जोशीको १०४औं जन्मजयन्ती विभिन्न कार्यक्रम गर्दै साताभरी मनाइने भएको छ ।

नेपालको वाङ्गमय क्षेत्रमा अतुलनीय योगदान दिएका शताब्दि पुरुष जोशीले नै स्थापना गरेको लोक साहित्य परिषदले उनको जन्मजयन्ती मनाउन लागेको हो ।

यसै क्रममा आउँदा बैसाख २४ गतेका दिन वृहत रक्तदान कार्यक्रम गर्न लागिएको परिषदका अध्यक्ष राजित बहादुर श्रेष्ठले जानकारी दिए । पाटन मंगलबजारस्थित महारानी पोखरी अगाडी रक्तदान कार्यक्रम हुने बताइएको छ ।

त्यस्तै बैैशाख २५ गते जोशीको ढुकुटि भित्र संग्रहित पुस्तक र अभिलेख प्रदर्शन गरिनेछ । त्यस्तै बैैशाख २६को दिनमा सत्यमोहन जोशी लोक साहित्य भवन परिसरमा नामसंगीति पाठको कार्यक्रम रहेको छ भने बैैशाख २७ मा विभिन्न पुस्तक प्रदर्शनी गरिनेछ ।

यसै क्रममा बैैशाख २८ र २९ गते टेलिस्कोपको माध्यमबाट तारा दर्शन गराउने कार्यक्रम रहेको परिषदल् जनाएको छ । जन्मजयन्ती सप्ताहको अन्तिम दिन बैैशाख ३० मा वाङ्गमय शताब्दि पुरुषकी सुपुत्री कावेरी जोशीबाट दीप प्रज्वलनको कार्यक्रम रहेको छ ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा गत २०७९ आश्विन ३० गते निधन भएको थियो ।

Categorized in राष्ट्रिय