पूर्व कुमारीको जीवनयात्रासम्बन्धी फोटो प्रर्दशनी
SamacharDesk – Ram Dangol | २०८० बैशाख १५, शुक्रबार

वि.सं. २०६७ देखि २०७१ सालसम्म पाटनमा कुमारी भएकी समिता बज्राचार्यको जीवनयात्रा दर्शाउने फोटो प्रर्दशनी भएको छ ।
पाटन संग्रहालयमा पाटनकी पूर्वकुमारी (जीवित देवी) बज्रचार्यको फोटो प्रदर्शनी जारी छ ।
जीवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको जीवनीलाई तस्बिरमा समेटेर प्रदर्शनी गरिएको हो ।
प्रदर्शनी १९ गतेसम्म चल्नेछ । पूर्वकुमारी बज्राचार्य ८ वर्षको उमेरमा कुमारी भएर ११ वर्षमा घर फर्किनुभएको थियो ।
पूर्वकुमारी बज्राचार्यले आफ्नो जीवनको २० वर्षको कुमारी जीवनयात्रालाई फोटोको रुपमा प्रदर्शनी गरेको बताउनु भयो ।
उहाँले आफूलाई कुमारी बन्न पाएकोमा खुशी लागेको पनि बताउनु भयो । प्रदर्शनीमा ४३ वटा तस्बिर रखिएको छ ।
जसमा कुमारी छनोट, कुमारी घरभित्रको जीवन, अवकाश पाउँदाको समय र पूर्वकुमारी भएपछिको जीवनलाई समेटिएको छ ।
Categorized in पेजथ्री