नयाँ आविष्कारमा सरकारी बेवास्ताविरुद्ध पुनको आन्दोलन
SamacharDesk | २०८० बैशाख १५, शुक्रबार

नेपालमा कुनै नयाँ आविष्कार गर्दा त्यसको दर्ता प्रक्रिया समेत नहुने अवस्था छ ।
नेपालमै केही गरौं भन्ने भावनाले केही आविष्कारत, अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गर्नुभएको छ ।
उहाँले काठमाडौंको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन शुरु गर्नुभएको छ । सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुका लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको उहाँले बताउनु भयो ।
पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको उल्लेख गनुभयो ।
उहाँले नयाँ विषयहरुको आविष्कार गर्ने, नयाँ प्रवद्र्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरु विदेश जान बाध्य हुने बताउनु भयो ।
उहाँले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउन माग गर्नुभयो ।
उहाँले प्रतिभाशाली सन्ततीहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताउनु भयो ।
उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवद्र्धन, सन्चालन तथा खरिद ऐन बनाउन आग्रह गर्नुभयो ।
Categorized in राष्ट्रिय