नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
SamacharDesk | २०८० बैशाख १६, शनिबार

वर्षाका कारण खेल रद्द भएपछि नेपाल समुह विजेता भई एससी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ ।
त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आज कुवेतसँगको खेल वर्षाले रद्द भभएपछि नेपाल फाइनलमा पुगेको हो । अब नेपालले फाइनलमा युएईसँग भिड्ने छ । युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो ।
आजको खेलमा नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभर ३ बलको खेल सकिँदा कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द हुँदा नेपाल विजयी भएको हो ।
नेपालका करण केसीले पाँच विकेट लिएका छन् । करणले ४ ओभर ३ बलमा १० रन दिएर पाँच विकेट लिएका हुन् ।
यसअघि त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८० रन बनायो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए ।
यस्तै, कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २, भीम सार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिँह ऐरीले खाता खोल्न पनि सकेनन् ।
कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २र२ विकेट लिए ।
Categorized in स्पाेर्ट्स