आइओसीबाट पेट्रोलमा ९ रुपैयँ ५२ पैसा घटेको मूल्यसूची आयो
SamacharDesk | २०८० जेठ २, मंगलबार

भारतीय आयल कर्पाेरेसन आइओसीले पेट्रोलियम पदार्थको मूल्यमा घटेर पठाएको छ । प्रत्यक १५/१५ दिनमा पठाउने नयाँ मूल्य सूचीमा भारी मात्रामा घटेको मूल्यसूचि पठाएको हो ।
भारतबाट पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँ र डिजलमा ८ रुपैयाँ बढी घटेर आएको हो । आईओसीले नेपाल आयल निगमलाई अघिल्लो पटकको मूल्यभन्दा पेट्रोलको लिटरमा ९ रुपैयाँ ५२ पैसा र डिजलको ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको हो ।
यसै अनुसार आईओसीले १५ दिनअघिको तुलनामा आज पठाएको मूल्य सूचीमा भाउ उल्लेख्य घटाएर पठाएको हो । यो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्नेमा निगमले भने सञ्चिति नोक्सान देखाउँदै समायोजन गर्ने गरेको छैन ।
पछिल्लो मूल्यसंगै निगमको नाफा उल्लेख्य हुने देखिएसंगै निगमलाई मूल्य घटाउन थप दबाब बढ्ने देखिएको छ । यही मूल्य कायम रहे निगमलाई आगामी १५ दिनमा झण्डै साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ ।
योसँगै निगमले पनि मूल्य घटाउने तयारी गरिरहेको बुझिएको छ ।
Categorized in राष्ट्रिय