कोरोनाभाइरस अपडेट : यूरोपेली मूलुकमा नियन्त्रणमा आउँदै गर्दा रुसमा संक्रमण फैलिँदै
SamacharDesk – विकाश | २०७७ बैशाख २२, सोमबार

विश्वभरिमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख नाघेको छ । हालसम्म कोरोनभाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख ६६ हजार ८ सय १० जना पुगेको छ ।
यद्यपी संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ । हाल रहेका कुल संक्रमित मध्ये ९८ प्रतिशतलाई मध्यम किसिमको संक्रमण रहेको र २ प्रतिशतको अवस्थामात्रै गम्भीर रहेको बताइएको छ ।
साथमा उपचार पछि निको हुनेको संख्या पनि बढ्दैछ । यस भाईरसलाई जितेर निको हुनेको संख्या ११ लाख ५६ हजार ९ सय ८२ जना पुगेको छ । मृत्यु हुनेको संख्या भने २ लाख ४८ हजार ३ सय ४ पुगेको छ ।
पछिल्लो विवरण अनुसार धेरै संक्रमितहरू उत्तर अमेरिका र युरोपेली मुलुकबाट रहेका छन् । यस्तै ल्याटिन अमेरिका, अफ्रिका र रसियामा संक्रमितको संख्या बढिरहेको छ।
सबभन्दा बढि संक्रमित अमेरिकामा पुष्टि भएको छ । अमेरिकामा यस रोगबाट संक्रमित हुनेको संख्या ११ लाख ८८ हजार ३ सय ८४ पुगेको छ । यहाँ निको हुनेको संख्या एक लाख ७८ हजार ५ सय ९४ जना छन् भने ६८ हजार ६ सय जनाले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा २ लाख ४७ हजार १ सय २२ जना संक्रमितमा एक लाख ४८ हजार ५ सय ५८ जना निको भएका छन् । २५ हजार २ सय ६४ जनाको भने मृत्यु भएको छ । स्पेनमा लकडाउन खुकुलो बनाइंदै गर्दा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको छ ।
यस्तै इटलीमा २ लाख १० हजार ७ सय १७ जना संक्रमित भएकोमा २८ हजार ८ सय ८४ जनाको मृत्यु भएको छ । ८१ हजार ६ सय ५४ जना निको भएका छन् ।
फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जना संक्रमित हुँदा २४ हजार ८ सय ९५ जनाको मृत्यु भएको छ । ५० हजार ७ सय ८४ जना निको भएका छन् ।
युरोपमा कोरोना भाइरसबाट सर्वाधिक प्रभावित तीन देश फ्रान्स, इटली र स्पेनमा संक्रमितको मृत्युदरमा कमी आएको छ ।
पछिल्लो २४ घण्टामा फ्रान्समा १ सय ३५, स्पेनमा १ सय ६४ र इटालीमा १ सय ७४ जनाको मृत्यु भएको हो ।
युरोपका अन्य मुलुकहरुमा पनि सामाजिक दूरी कायम गरि लकडाउन खुकुलो पार्न थालिएको छ ।
जर्मनीमा १ लाख ६५ हजार ६ सय ६४ जना संक्रमित हुँदा निको हुनेको संख्या १ लाख ३२ हजार ७ सय जना रहेको छ । ६ हजार ८ सय ६६ जनाको भने मृत्यु भएको छ ।
यो भाइरसको उद्गमस्थल भनिएको चाइनमा ८२ हजार ८ सय ८० संक्रमित भएकोमा ७७ हजार ७ सय ६६ जना उपचार पछि निको भएका छन् । ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन् ।
युरोपिय मूलुकमा संक्रमितको संख्या घट्दै जाँदा रसियामा भने संक्रमितको संख्या बढ्दो छ । रूसमा एकै दिनमै १० हजार मानिसमा संक्रमण देखिएको छ ।
पछिल्लो विवरण अनुसार आइतबारमात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । रसियामा १ लाख ३४ हजार ६ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । १ हजार २ सय ८० जना संक्रमितले ज्यान गुमाएका छन् ।
मार्च अन्तिम सातासम्म फाट्टफुट्ट मात्र संक्रमित रहेको रुसमा अप्रिल लागेसँगै संक्रमण ह्वात्तै बढेको हो ।
Categorized in अन्तर्राष्ट्रिय