arin enterprises

खुसिबुँमा रक्तदान सम्पन्न

SamacharDesk – विकाश | २०७७ बैशाख २२, सोमबार

ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा काठमाडौं महानगरपालिका १७ वडा महिला स्वास्थ्य स्वयम्सेवक परिचालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । 

आज खुसिबुँमा सम्पन्न रक्तदानमा ६१ जनाले रक्तदान गरेका थिए ।

लकडाउनको समयमा रक्तदाताहरु घरमै बस्नुपरेको अवस्थामा रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनी रक्तदान कार्यक्रम गरिएको कामपा २४ वडाका सदस्य विनोद तुलाधरले जानकारी दिनुभयो ।

कार्यक्रममा राज्यमन्त्री रामवीर मानन्धरको साथमा नेकपाका केन्द्रीय सदस्य एवं जिफन्तका अध्यक्ष बिनोद श्रेष्ठ, ब्लोदानका केन्द्रिय सदस्य साथै २४ वडा सदस्य बिनोद तुलाधरको पनि उपस्थिती रहेको थियो ।

साथमा ब्लोदान काठमाडौं जिल्ला सचिव अनिल रत्न तुलाधर, क्षेत्रपाटी चिकित्सालयका संचालक सदस्यद्वय सुचेन्द्र माली, सुमन मानन्धरको साथमा ब्लोदान मध्य क्षेत्रका सदस्यहरु, स्थानिय संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय बासिन्दाहरुको पनि उपस्थिति रहेको थियो ।

Categorized in समाज