arin enterprises

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको उडान सुरु

SamacharDesk | २०८० जेठ ३०, मंगलबार

आजदेखि नवननिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थालमा उडान सुरु गरेको छ ।

आज नेपाल एयरलाइन्सको विमान  मलेसियाको क्वालालम्पुरबाट अवतरण गरेपछि विधिवत रुपमा गौतमबुद्ध विमानस्थल सुचारु भएको छ ।

आज विहान नेपाल एयरलायन्सको एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको हो । सोमवार काठमाडौंबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० जहाज आज क्वालालम्पुरबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवामा अवतरण गरेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवाबाट दिल्ली उडानको लागि भारतसँग हवाई रुटको अनुमति लिन सरकारले प्रयास गरिरहेको बताउनु भयो ।

उहाँले छिट्टै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुने जानकारी दिनुभयो । विशेष गरी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य अनुरुप नेपाल–क्वालालम्पुर हवाई सेवा सुचार गरेको हो ।

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बुद्धिष्ट सर्किटको विकास गर्न  कोलम्बो, बैंकक र म्यानमारको मण्डाले विमानस्थलबाट यात्रुलाई लुम्बिनी ल्याउने प्रयासमा रहेको बताउनुभयो ।

अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ । क्वालालम्पुर–भैरहवा–काठमाडौंको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ ।

Categorized in राष्ट्रिय