arin enterprises

अष्ट्रेलियालाई हराएपनि पेरु घर फर्क्यो

SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १२, मंगलबार

रसियामा जारी विश्वकप फुटबलमा समूह सीको खेलमा पेरुले अष्ट्रेलियालाई २–० गोल अन्तरले हराएको छ । यो खेल जितेपनि यसअघि नै समूह चरणबाट बाहिरीसकेको पेरुको लागी यो जित सान्त्वना मात्रै भयो । 

पेरुलाई जित दिलाउन कप्तान पाउलो गुइरेरोले महत्वपूर्ण भूमिका खेले । खेलको १८औं मिनेटमा गुइरेरोको क्रसमा कारिलोले टिमलाई पहिलो गोल दिएका थिए । फेरी पहिलो हाफ सकिन पाँच मिनेटअघि गुइरेरोले नै टिको लागी दोश्रो गोल दिएर खेल जिताए ।

पेरुले यसअघि अर्जेन्टिनामा भएको सन् १९७८ को विश्वकपमा इरानमाथि ४–१ को जित हात पारेको थियो । त्यसपछि विश्वकपबाट बाहिर नै रहेको पेरु ३६ वर्षपछि यो पटक विश्वकपमा फर्किएको हो ।

वर्षसम्म विश्वकपबाट बाहिर रहेको पेरुले यस खेलको जितसँगै ३ अंक हात पारेर समूह ‘सी’ मा तेस्रो भयो । अस्ट्रेलियाले भने १ अंकमात्र जोड्न सफल भयो । 

यो खेल अस्ट्रेलियाका लागि नकआउट चरणमा स्थान सुरक्षित गर्न जित्नैपर्ने दबाब थियो, साथमा अर्को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गर्नुपर्ने अवस्था थियो । तर अष्ट्रेलियाले खेलको नतिजा आफ्नो पक्षमा बनाउन नसक्दा समूह चरणबाटै घर फर्किन वाध्य भएको छ ।

Categorized in स्पाेर्ट्स