प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन
SamacharDesk | २०८० आषाढ १, शुक्रबार

शुक्रबार विहान बसेको संसदीय सुनुवाई समितिको बैठकबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ ।
आजको बैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर सकिएपछि समितले सर्वसम्मत रुपमा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको हो ।
बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “संवैधानिक परिषद्द्वारा नेपालको प्रधानन्याधीशका लागि प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । अब राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलेको छ ।
त्यसअघि समितिका सदस्यहरुले कार्कीसँग विभिन्न विषयमा प्रश्न सोधेका थिए । न्यायालयभित्रका विकृति, कार्की संलग्न फैसलाहरु उहाँको विगतलगायतका विषयमा समितिका सदस्यहरुले प्रश्न गरेका थिए ।
कार्कीविरुद्ध समितिमा परेका २९ वटा उजुरीमा आधारित प्रश्नहरुको पनि कार्कीले सामना गर्नुपरेको थियो । कार्कीले आफूविरुद्धका कुनै पनि आरोप पुष्टि भए पदबाट राजीनामा दिने बताउनु भएको थियो ।
कार्कीको नाम अनुमोदनसँगै १५ महिनापछि देशले प्रधानन्यायाधीश पाउने भएको छ । कार्की यही असार १९ गतेसम्म मात्रै प्रधानन्यायाधीशको रुपमा क्रियाशील हुन पाउनु हुने छ ।
कार्कीको पदावधि आगामी साउन १९ गतेदेखि सकिने भएकाले उहाँ यही असार १९ गतेबाट बिदा बस्नुपर्ने छ ।
Categorized in राष्ट्रिय