arin enterprises

युगाण्डामा ३८ विद्यार्थीसहित ४१ जनाको मृत्यु

SamacharDesk | २०८० आषाढ ३, आइतबार

अफ्रिकी मुलुक युगाण्डाको एक बिद्यालयमा इस्लामिक अतिबादी समुह आइएसले गरेको आक्रमणमा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।

मारिनेमा ३८ जना विद्यार्थी रहेका छन् भने तीन जना विद्यालयका कर्मचारी रहेका छन् । आठ विद्यार्थीलाई सख्त घाइते अवस्थामा उद्धार गरिएको छ भने ६ जनाको अपहरण्मा परेका छन् ।

युगाण्डाको पश्चिमी क्षेत्रको मपन्डोए शरहको लुबिरिहा माध्यमिक बिद्यालयको छात्राबासमा प्रवेश गरेको पाँचजना हतियारधारी समुहले बिद्यालयमा आगजनी गर्नुका साथै विद्यार्थीहरुलाई आगोमा जलाएर तथा गिंडेर हत्या गरेका हुन् ।

घटनापछि आक्रमणकारीहरु प्रजातान्त्रिक गणतन्त्र कंगोतर्फ भागेको युगाण्डाका अधिकारीहले बताएका छन् ।  आक्रमणकारीहरु युगाण्डालाई आधार बनाएको एलाइड डमोक्रेटिक फोर्ससंग सम्बन्धित भएको जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले घटनाका निन्दा गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले क्रुर हत्यामा संलग्नहरुलाई न्यायको कठघरामा ल्याउन आब्हन गर्नुभएको छ ।

घटना लगत्तै युगाण्डाभर सेना परिचालन गरिएको छ भने हेलिकप्टर परिचालन गरी आक्रमणकारीको खोजी गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय