arin enterprises

चीनमा अत्यधिक गर्मी

SamacharDesk | २०८० आषाढ ६, बुधबार

चीनमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त बनेको छ ।

जुन महिनाको सुरु देखि नै उत्तरी चीनका धेरै शहरहरूमा गर्मीले पुराना सबै रेकर्ड तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

चीनको राजधानी बेइजिङमा पनि लगातार तापक्रम बढदै ३९ दशमलव ४ डिग्री सेल्सियस देखि ४० डिग्री तापक्रम पुग्ने गरेको छ । यस्तै अन्य शहरहरुमा दैनिक ३८ डिग्री सम्म तापक्रम पुग्ने गरेको छ ।

गर्मीले असर पार्ने भन्दै बृद्धबृद्धा र केटाकेटीलाई घर बाहिर ननिस्कन आग्रह गरिएको अन्तर्राष्टिय संचार माध्यमले उल्लेख छ ।

गर्मीका कारण चीनका पावर ग्रिड अपरेटरलाई उच्च सतर्क अवस्थामा राखिएको छ । दक्षिणका केही शहरका ब्यापारिक फर्म र मानिसहरूलाई कम बिजुली प्रयोग गर्न अपील गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय