arin enterprises

पहिरोमा परी चार को मृत्यु

SamacharDesk | २०८० आषाढ ८, शुक्रबार

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ ।

बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको छ । गएराति अविरल वर्षासँगै झरेको पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

उक्त पहिरोमा परी मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय रणबहादुर गुरुङ, उहाँकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । पहिरोले चार घर बगाएको र बाक्लो बस्ती रहेको बिलन्दु गाउँका दर्जनौँ घरमा क्षति पु¥याएको वडाध्यक्ष खड्गबहादुर बरालले जानकारी दिनुभयो ।

उता, दैलेखको ठाँटीकाँध गाउँपालिका– ४ गेैरीगाउँमा गएराती पहिरोमा परी एक किशोरीको मृत्यु भएको छ ।

बिहिबार राती पहिरोमा परी हराईरहेकी स्थानीय १६ वर्षिया उर्मिला कठायतको आज बिहान शव भेटिएको गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहीले बताउनुभयो ।

सो स्थानमा पहिरोले दुई वटा घर बगाएको छ । गतवर्ष पनि सोही स्थानमा पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो ।

थप पहिरो जानसक्ने देखिएकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो ।

Categorized in राष्ट्रिय