arin enterprises

अल नासेरलाई खेलाडी किन्न प्रतिबन्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २९, शुक्रबार

साउदी क्लब अल नासेरलाई खेलाडी किन्न प्रतिबन्ध लागेको छ ।

फिफाले लेस्टर सिटीका खेलाडी अहमद मुसाको भुक्तानी प्रकरणमा दोषी ठहर गर्दै क्लबमाथि प्रतिबन्ध लगाएको हो ।

लेस्टरले सन् २०१८ मा नाइजेरियाका खेलाडीलाई बेचेको थियो । लेस्टरले करिब चार लाख पाउण्डको माग गर्दै फिफामा उजुरी गरेको थियो । सम्बन्धितले ऋण तिरेको पुष्टि हुने बित्तिकै तुरुन्त प्रतिबन्ध हटाइने फिफाको भनाइ छ ।

अल नासर गत सिजन रोनाल्डोलाई अनुबन्ध गरेपछि चर्चामा आएको थियो ।अल नारिसले पछिल्लो समय क्रोएसियन स्टार मार्सेलो ब्रोजोभिक र चेल्सी स्टार हाकिम जियाचलाई क्लबमा अनुबन्ध गरीसकेका छन् ।

Categorized in स्पाेर्ट्स