२१०औं भानुयन्ती मनाइयो
SamacharDesk | २०८० आषाढ २९, शुक्रबार

२१०औं भानुजयन्ती आज विविध कार्यक्रम गरी मनाइयो ।
नेपाली साहित्यका आदिकवि भानुभक्तको आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा पिता धनञ्जय र माता धर्मावतीको कोखबाट जन्मनु भएको हो ।
उहाँले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पु¥याउनु भएको सम्झना स्वरुप हरेक वर्ष असार २९ गते उहाँको जन्मोत्सव मनाउने गरिन्छ । बाल्मिकी रामायणजस्तो गहन संस्कृत साहित्यलाई नेपालीमा उल्था गरेर भानुभक्तले नेपालीहरूका जनजिभ्रोसम्म पुर्याएर भानुभक्तले नेपाली भाषा साहित्यमा ठूलो योगदान पुर्याउनु भएको छ ।
उहाँका बधुशिक्षा, भक्तमाला, प्रश्नोत्तर, रामगीतालगायत दर्जनौं कृतिहरु रहेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आज विहान प्रभातफेरि निकालेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा प्राज्ञहरु सम्मिलित प्रभातफेरि रानीपोखरीस्थित भानुभक्तको प्रतीमास्थलमा पुगेको थियो ।
त्यहाँ रहेको भानुभक्तको प्रतीमामा माल्यार्पण गरी र्याली पुनः प्रज्ञा भवन फर्किएको थियो । प्रज्ञा भवन परिसरमा रहेको भानुभक्तको पूर्णकदको शालिकमा पनि माल्यार्पण गरिएको थियो ।
सो अवसरमा बटुकहरुले स्वस्तीवाचनसहित वैदिक मन्त्रोच्चारण आदिकविप्रति श्रद्धाभाव व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यकारलाई सम्मान समेत गरिएको थियो ।
भानु जयन्तीको अवसरमा विद्यालयहरुले पनि विशेष कार्यक्रम आयोजना गर्ने गर्दछन् । देश भित्र मात्रै नभई भारतको सिक्किम, दार्जिलिङ, आसमलगायत विश्वभर छरिएका नेपालीहरुले भानु जयन्तीलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन् ।
भानुजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।
Categorized in राष्ट्रिय