कमेडी क्लब विड च्याम्पियन्स कार्यक्रम बन्द हुने
SamacharDesk – बिराज | २०८० श्रावण ३, बुधबार

चर्चित टेलिभिजन शो कमेडि क्लब विड च्यान्पियन्सका होस्ट र निर्देशक विशाल भण्डारीले आफुहरु अब कमेडि च्याम्पियन सिजन ३ लिएर आउने बताएका छन् । कमेडि क्लब विड च्यान्पियन्स शोबाट अब केही समय विश्राम लिने बताउँदै भण्डारीले यस्तो बताएका हुन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित कार्यक्रम कमेडी क्लब विड च्याम्पियनको प्रसारण यहि श्रावण महिनाबाट बन्द हुन लागेको छ ।
कमेडी क्लब विड च्याम्पियन्सका लागि थ्री प्रोडक्सन टीम र की एड्भटरटाइजिङ बीच असार मसान्तसम्मको सम्झौता भएको थियो । सम्झौताको अवधि सकिएसँगै कार्यक्रमको प्रसारण रोकिन लागिएको हो ।
सामाजिक संजालको भित्तामा लेख्दै निर्देशक भण्डारीले ६९ एपिसोडको यात्राले थकित टिमलाई केही समयको ब्रेकको लागि कार्यक्रम केही समय विश्राम लिन लागेको बताए ।
‘६९ एपिसोडको यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागी छोटो ब्रेक लिन आवश्यक देखेर टीम कमेडी क्लब विड च्यान्पियन्स तपाईको टिभी स्क्रीनमा देखिने छैनौं’ भण्डारीले लेखेका छन् ।
भण्डारीले सुरुवातको वर्षमै बेस्ट पपुलर टिभी शोको जित्नुको श्रेय श्रेय कलाकार, लेखक, क्रियटिभ टिम, थ्री प्रोडक्सन टीम, की एडभरटाइजिङ र की इन्टरटेनमेन्ट टीमसँगै दर्शकको मायालाई दिएका छन् ।
१६ महिनाको यात्रा निकै रोमांचक रहेको बताउँदै भण्डारीले छोटो विश्राम पछि रिचार्ज भई सुरुवाती उर्जामै फर्केर दर्शकलाई हाँसोको फोहरा छुटाउन अवश्य आउने प्रतिवद्धता पनि जनाए ।
Categorized in पेजथ्री