arin enterprises

उत्तर कोरियाले अमेरिकाविरुद्ध आणविक हमला गर्ने चेतावनी

SamacharDesk | २०८० श्रावण ५, शुक्रबार

उत्तर कोरियाले आफ्नो प्रायद्विपमा अमेरिकाले थप उत्तेजक गतिविधिहरु बढाए आणविक हमला गर्ने चेतावनी दिएको छ ।

अमेरिका र उत्तर कोरियाबीचको तनाव थप बढेको बेला उत्तर कोरियाले आणविक हमलाको धम्की दिएको हो ।

अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा त्यसको जवाफ आणविक अस्त्र प्रहार हुने चेतावनी अन्तराष्ट्रिय सञ्चार माध्यमले दिएका छन् ।

उत्तर कोरियाले पटक–पटकको चेतावनीपछि पनि अमेरिकाले जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक गरेको र थप सैन्य गतिविधि बढाउने योजना बनाएको भन्दै आक्रोश ब्यक्त गरेको छ ।

गत बुधबार मात्रै जापानी समुद्रमा दुई क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले आणविक हमलाको धम्की दिने तहमा उत्रिएको हो ।

दक्षिण कोरिया तैनाथ एक जना अमेरिकी सैनिक भागेर उत्तर कोरिया प्रवेश गरेपछि यी दुई राष्ट्रबीच तनाब बढ्न थालेको थियो । 

Categorized in अन्तर्राष्ट्रिय