arin enterprises

गायक शाक्यको दुई वटा म्यूजिक भिडियो एकसाथ सार्वजनिक

SamacharDesk – बिराज | २०८० श्रावण ५, शुक्रबार

गायक रविन्द्र बीर शाक्यको दुई वटा गीतको म्यूजिक भिडियो एकसाथ सार्वजनिक गरिएको छ । शाक्यको नेपालभाषाको गीत ‘ख्वति त्याय् कयाः’ र बुद्ध भजन ‘वनेवा वनेवा झीपिं’ आज एक कार्यक्रमबीच एक साथ सार्वजनिक गरिएको छ ।

कार्यक्रममा नेपालभाषा एकेडमिका चान्सलर यज्ञरत्न धाख्वाःले दुवै गीत सार्वजनिक गरे ।

कार्यक्रममा गीत सार्वजनिक भए लगत्तै दुवै गीतहरु संसार अनलाइन टिभि युट्युब च्यानलमार्फत विश्वव्यापी सार्वजनिक भएको छ ।

आफ्नो मन्तव्य राख्दै एकेडमिका चान्सलर धाख्वाःले गीतसंगीतले कला क्षेत्रको नभई, भाषा, साहित्य र समग्र समुदायकै उत्थानमा योगदान दिने भन्दै कलाकारहरुको निरन्तर सक्रियताको प्रशंसा गरे ।

वरिष्ठ संगीतकार अमरराज राजोपाध्याय र वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले गीत र म्यूजिक भिडियोमा सबै कलाकार, प्राविधिकको मिहिनेत छर्लङ्ग देखिएको विचार राखे ।

संसार ग्रुपका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जन र सदस्य मनोज महर्जनले कला र कलाकारको उत्थान, प्रवर्ध्दनका लागि संसार ग्रुपले विभिन्न कार्यक्रम र गतिविधि गर्दै आएको जानकारी गराए ।

समाचारडेस्कसँग कुरा गर्दै गायक शाक्यले विगतमा विभिन्न कार्यक्रममा गीत गाउँदै आएको भएपनि लामो समयको अन्तराल पछि आफ्ना मित्र प्रेम महर्जनको सहयोग र प्रेरणाबाट आफु फेरी गायन क्षेत्रमा फर्केको बताए ।

सार्वजनिक गरिएको दुवै गीतमा संगीत अमरराज राजोपाध्यायको रहेको छ भने ‘ख्वबि त्याय् कयाः’ का रचनाकार अनिक शाक्य र ‘वनेवा वनेवा झीपिं’ गीतका रचनाकार विद्याभूषण बज्राचार्य हुन् ।

सनम कुमार श्रेष्ठबाट निर्देशित दुवै म्यूजिक भिडियोको अमर चित्रकारले कलरिङ्ग र छायाङ्कन गरेका छन् भने ‘ख्वबि त्याय् कयाः’ को दृश्य सम्पादन समेत गरेका छन् ।

‘वनेवा वनेवा झीपिं’ गीतको म्यूजिक भिडियोको दृश्य सम्पादन भने दिगन्त शाक्यले गरेका छन् । 

Categorized in पेजथ्री