arin enterprises

मदनकृष्णको गीत हरिवंशबाट सार्वजनिकः भिडियो सहित

SamacharDesk – बिराज | २०८० श्रावण १२, शुक्रबार

नेपाली हास्यव्यङ्ग क्षेत्रमा हास्य सम्राटको उपमा पाएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको नेपालभाषाको गीत ‘ज्वरा ज्वरा पर्सि’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

मह जोडीमा मदनकृष्णका सहयात्री हरिवंश आचार्यले उक्त म्यूजिक भिडियोको लोकर्पण गरे ।

गीत लोकर्पण पछि बोल्दै कलाकार आचार्यले मदनकृष्णको गीत आफुले लोकार्पण गर्न पाउँदा आफुलाई निकै भाग्यमानी महसूस भएको बताए ।

कार्यक्रममा वरिष्ठ निर्देशक साथै साहित्य अन्वेषक प्रकाश सायमी, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले आआफ्ना विचार राखे । गीतका गायक मदनकृष्णको साथै गायिक रोजी डंगोल श्रेष्ठ, म्यूजिक भिडियो निर्देशक रामकृष्ण खड्गीले आआफ्नो अनुभव सुनाएका थिए ।

गीतमा वरिष्ठ कलाकार श्रेष्ठको साथमा गायिका रोजी र सरीता शाहीले स्वर दिएका छन् भने लोक लयमा आधारित गीतमा गंगाबहादुर मालीको शब्द रहेको छ ।

म्यूजिक भिडियोमा वरिष्ठ कलाकार श्रेष्ठको साथमा सूर्यमाला शर्मा खनाल र बसुन्धरा भुषालले अभिनय गरेका छन् । छायाङ्कन लुःजः सिंहले गरेका छन् भने दृश्य सम्पादन बालकृष्ण बंशीले गरेका छन् ।

यो म्यूजिक भिडियो हाइलाइट्स नेवार युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ ।

Categorized in पेजथ्री