arin enterprises

भारतद्वारा फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने संकेत

SamacharDesk – बिराज | २०८० श्रावण १६, मंगलबार

भारतले गरिना फ्रि फायरमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने संकेत दिएको छ ।

भारतको उत्तर प्रदेशका एक राजनीतिज्ञ गिरिशचन्द्र यादवले ट्वीट गर्दै फ्रि फायरको मातृ कम्पनी गरिनासँग ई–स्पोर्ट्सको विकासका लागि सम्झौता भएको जानकारी दिएका हुन् ।

उनको ट्वीटमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित गरिनाका कर्मचारीसँगको फोटो समेत देख्न सकिन्छ ।

यस्तै एक भारतीय युट्युबरले समेत यस विषयमा गरिनासँग सम्पर्क गरी प्रदेशसँग सम्झौता भएको प्रमाणित गर्ने स्क्रिनशट सार्वजनिक गरेका छन् ।

यसै विषयलाई लिएर उत्तर प्रदेशको खेलकुद तथा युवा कल्याणका अतिरिक्त मुख्य सचिव नवनीत सहगलले गरिनासँग भएको सम्झौताको बारेमा बताउँदै गरेको भिडियो पनि सार्वजनिक भएको छ ।

जसमा यो सम्झौताले केही हदसम्म भारत सँगसँगै नेपालमा पनि फ्रि फायर ई–स्पोर्ट्स पुनः लयमा फर्किने सम्भावना देखाएको छ ।

हुन त भारतले फ्रि फायरमाथि प्रतिबन्ध लगाएको कुरामा आधिकारिक घोषणा भने गरेको छैन । गत बर्ष भारतमा फ्रि फायर गेमलाई अचानक प्ले स्टोरबाट हटाएको थियो ।

तर यो गेमको म्याक्स भर्सन फ्रि फायर म्याक्स भने प्ले स्टोरबाट डाउनलोड गरेर खेल्न भने रोकिएको थिएन । त्यस यता भारतमा कुनै पनि आधिकारिक प्रतियोगिता आयोजना गरिएको छैन ।

भारतमा फ्रि फायर ई–स्पोर्ट्स बन्द भए यता नेपालमा पनि फ्रि फायर गेमको क्रेज निकै नै कम भएको छ ।

Categorized in अन्तर्राष्ट्रिय