अन्टार्कटिकामा खर्बुजा फलायो
SamacharDesk | २०८० श्रावण १८, बिहिबार

रूसी वैज्ञानिकहरुले अन्टार्कटिकाको भोस्टोक स्टेशनमा खर्बुजा फलाउन सफल भएका छन् ।
उनीहरुले खर्बुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् । रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई) अनुसार यी पाकेका खर्बुजाको रातो र पहेँलो गुदी हुन्छ ।
खर्बुजाको प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरुले बताएका छन् । अन्वेषकहरूका अनुसार भोस्टोक स्टेशनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरु उब्जाउने अपेक्षा राखेको छ ।
वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन् ।
रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्टोक स्टेशनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय