जुजुभाई तुलाधरको “मतिनाया संसार” सार्वजनिक
SamacharDesk – Ram Dangol | २०८० श्रावण २१, आइतबार

जुजुभाई तुलाधर तथा मंगल देवी तुलाधरको प्रस्तुती एवम् सुरेन्द्र तुलाधरद्वारा निर्देशित नेपालभाषाको म्यूजिक भिडियो “मतिनाया संसार”को आइतबार एक कार्यक्रमकाबीच काठमाडौंको सीटीसी मलमा सार्वजनिक गरेको छ ।
रचनाकार जुजुभाई तुलाधरको शब्द तथा स्वरमा रहेको गीत तथा म्यूजिक भिडियो अनावरण कार्यक्रममा नेपालभाषा कला तथा गीतसंगीत क्षेत्रमा लागिरहेका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त गीत जुजुभाइ तुलाधरको चौथो गीत हो । यसअघि गीतकार तुलाधरको लक्का पठ्ठा, मन त्यासा काय् धुंका पुलेमा छं, २८ बुद्ध जस्ता लोकप्रिय गीतहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै निर्देशक सुरेन्द्र तुलाधरले गीतकार जुजुभाई तुलाधर ७७ वर्षको उमेरमा पनि गीतसंगीत क्षेत्रमा अनवरत लागिरहनु भएको उहाँको जोश, जाँगरलाई सर्हाना गर्नुभयो ।
त्यस्तै उहाँले निर्देशित उक्त गीतलाई सबैले माया गरिदिनु हुन आग्रह गर्नुभयो । आफ्नो गीत मात्र नभएर नेपालभाषाका सम्पूर्ण गीतसंगीतलाई मनपराइदिनु हुन पनि आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै गीतकार जुजुभाई तुलाधरले सबैमा कुनै नै कुनै प्रतिभा लुकेकै हुन्छ, उक्त प्रतिभालाई उजागर गर्न सक्नु नै मन्त्र भएको बताउनुभयो ।
यसरी उजागर गर्दै एकपछि अर्को गीतहरु रचना गर्दै जाँदा आफू उमेरले डाँडा कटे पनि गीत रचना गर्दै जाँदा र त्यसमा अभियन गर्दा झन् झन जवान महसुस हुने अनुभव सुनाउनुभयो ।
कार्यक्रममा वरिष्ठ निर्देशक तथा साहित्यकार प्रकाश सायमी, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले उक्त गीतको म्यूजिक भिडियोमा अभिनय गरेका पहिलो नेवाः सुपरस्टारका कलाकारहरुबारे आआफ्नो विचार राख्नु भएको थियो ।
म्यूजिक भिडियोमा पहिलो नेवाः सुपर स्टारका विजेताहरु भोगेन्द्र मानन्धर, रुपेन श्रेष्ठ, रोजिना सुवालले अभिनय गरेको छन् ।
कार्यक्रममा साहित्यकार प्रकाश सायमीले म्यूजिक भिडियो तयार पार्न भूमिका निर्वाह गर्नुभएका तथा अभियन गरेका कलाकारहरुलाई खादा ओढाई सम्मान प्रदान गर्नुभएको थियो ।
Categorized in पेजथ्री