arin enterprises

दक्षिण भारतका कर्मचारीहरुलाई रजनीकान्तको फिल्म हेर्न बिदा

SamacharDesk | २०८० श्रावण २४, बुधबार

दक्षिण भारतका कर्मचारीहरुलाई रजनीकान्तको फिल्म हेर्न बिदा दिएको छ । शुक्रबार अगस्ट १० मा रजनीकान्तको नयाँ फिल्म ‘जेलर’मा रिलिज हुँदै छ ।

उनको यहि फिल्म हेर्न चेन्नई र बैंगलोरका धेरै अफिसमा अगस्ट १० को दिन कर्मचारीलाई बिदा दिइएको हो । अझ धेरै कार्यालयमा कर्मचारीलाई जेलरको टिकट पनि निःशुल्क दिइएको छ ।

यस्तै दक्षिण भारतको एउटा कम्पनी युनो एक्वा केरले एक सुचना जारि गर्दै रजनीकान्त हाम्रा हजुरबुबा, बुबा, पुस्ता, छोरा र नातिको पुस्ताको एक मात्र सुपरस्टार हुन्’ भन्दै कार्यालय बिदासहित कर्मचारीलाई निःशुल्क टिकट पनि काटिदिएको छ ।

जनीकान्तको फिल्म आउनु मात्रै पर्छ, फ्यानहरू धेरै उत्साहित हुन्छन् । रजनीकान्त दुई वर्षपछि पर्दामा धमाकेदार एन्ट्री गर्दै छन् । अगस्ट १० रिलिज हुने ‘जेलर’मा उनी फुल एक्सन मोडमा देखिनेछन् ।

उनको यो एक्सन प्याक फिल्म हेर्न मानिसहरु निक्कै उत्साहित छ । आउँदै गरेको फिल्म जेलर रजनीकान्तको १६९ औँ फिल्म हो ।

यही कारणले गर्दा फिल्मको नाम पहिले थलाइवा १६९ राखिएको थियो र पछि फिल्मको नाम बदलेर जेलर राखिएको हो ।

Categorized in पेजथ्री