अक्षय कुमारले पाए भारतीय नागरिकता
SamacharDesk | २०८० श्रावण ३१, बुधबार

बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले ट्वीटरमा माफर्त भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।
ट्वीटरमा नागरिकताको तस्बिर सेयर गर्दै ’मन र नागरिकता दुवै हिन्दुस्तानी हुन् । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’
अक्षय कुमार अहिलेसम्म क्यानडाका नागरिक थिए ।
हालै अक्षय कुमारले एक अन्तर्वार्तामा आफूले भारतीय नागरिकताका लागि आवेदन दिएको र चाँडै नै यसबारे थप जानकारी दिने बताएका थिए ।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको नागरिकतामाथि प्रश्न उठाइरहेका छन् ।
Categorized in पेजथ्रीDil aur citizenship, dono Hindustani.
— Akshay Kumar (@akshaykumar) August 15, 2023
Happy Independence Day!
Jai Hind! pic.twitter.com/DLH0DtbGxk
