arin enterprises

मेस्सीको कप्तानीमा मियामी पहिलो पटक च्याम्पियन

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ३, आइतबार

इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जितेको छ ।

लियोनल मेस्सीको कप्तानीमा रहेको मियामीले फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा १०–९ गोलले पराजित गर्दै इतिहासकै पहिलो उपाधि जितेको हो ।

शनिबार सम्पन्न खेलको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जहाँ दुवै टिमका ११–११ खेलाडीले पेनाल्टी प्रहार गरेका थिए ।

मायमीका लागि निर्णायक पाँचौ पेनाल्टी हानेका भिक्टर उलोआ गोल गर्न असफल भएपछि पेनाल्टी सुटआउट लम्बियो ।

त्यसअघि नाश्भिलका लागि दोस्रो पेनाल्टी हानेका रेन्डल लीन असफल भएको थियो ।

१०–१० पेनाल्टी हान्दा पनि खेल बराबरी भएपछि एघारौं पेनाल्टीमा नाश्भिलका गोलकिपर इलिएट पिनाको असफल हुँदा मायमीले उपाधि जित्न सफल भयो।

उनको पेनाल्टीका मायमीका लागि ड्रेकले विफल पारिदिए । त्यसअघि ड्रेक भने सफल भएका थिए ।

यसअघि निर्धारित समयको २३ औं मिनेटमा मेस्सीले गोल गर्दै मायमीलाई अग्रता दिलाएको थिए ।

मेस्सीले मायमीका लागि खेलेका अहिलेसम्मका सबै खेलमा गोल गरेका छन् । उनले पछिल्ला ७ खेलमा लगातार गोल गर्दै गोल संख्या १० पुर्‍याइसकेका छन् ।

यहि सिजन मायमीमा आबद्ध भएका मेस्सीले पहिलो प्रतियोगितामै उपाधि जित्न सफल भए । नाश्भिलको लागि फाफा पिकाउल्टले ५७ मिनेटमा बराबरी गोल गरेका थिए ।

सन् २०२० मा स्थापित इन्टर मियामीको इतिहासकै पहिलो उपाधि हो ।

Categorized in स्पाेर्ट्स