दियौ माया भन्दै लक्ष्मण बने कृष्ण
SamacharDesk – बिराज | २०८० भाद्र ३, आइतबार

गायक लक्ष्मण पलिखेलको गीत ‘दियौ माया’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ संगीतकार दिपक जंगमले गीत म्यूजिक भिडियो सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार, गीतकार साथै गायक जंगमले नेपाली गीत संगीतमा मौलिकपना हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसतर्फ जनचेतना जगाउनका साथै संरक्षणमा संचारमाध्यमले पनि भूमिका खेल्न आग्रह गर्नुभयो ।
त्यसैगरी गायक पलिखेलले करीब २५ वर्ष अगाडी कुनै एउटा कार्यक्रमको लागि तयार गरीएको गीत अब रेकर्ड गरेर म्यूजिक भिडियो बनाएको जानकारी दिए ।
कार्यक्रममा म्यूजिक भिडियोको निर्देशक समेत रहेका गायक रवि हाडाले नेपालभाषाको गीत लाय्कुलिइ दरवार गाएर सुनाएका थिए भने भक्तपुरका नवोदित गायक प्रणिल पलिखेलले लोकार्पण गरिएको गीत ‘दियौ माया’ गाएर सुनाएका थिए ।
कार्यक्रममा संगीतकार राजु सिंह, गायिका देविका बन्दना, नृत्य निर्देशक श्री हरि श्रेष्ठ, भक्ति संगीत साधक एवं गायिका सानु बहिनि पलिखेल, हाडा ब्रदर्शका संरक्षक देवरत्न हाडा, निर्देशक आर्यम नकर्मी लगायतको उपस्थिती रहेको थियो ।
गीत हाडा ब्रदर्श युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायक लक्ष्मणले गाएको गीतमा शब्द दयाराम गिरी र अमन सागरको रहेको छ भने संगीत राजेश हाडाको रहेको छ ।
म्यूजिक भिडियोमा गायक लक्ष्मणको साथमा रञ्जना सितिखुले अभिनय गरेकि छिन् । दुई प्रेमीको प्रेम भाव देखाइएको भिडियोमा लक्ष्मण र रञ्जनालाई कृष्ण र राधाको रुपमा पनि देखाइएको छ ।
निर्देशन रवि हाडाको रहेको छ । गीतको छायाङ्कन, दृश्य सम्पादन राजेश हाडाको रहेको छ ।
Categorized in पेजथ्री