arin enterprises

बेलायतमा ७ शिशुहरु हत्या गर्ने नर्सलाई आजीवन कारावासको सजाय

SamacharDesk | २०८० भाद्र ५, मंगलबार

बेलायतमा एक नर्सलाई आजीवन कारावासको सजाय दिइएको छ ।

बेलायती अदालतले अमेरिकी मुलकी बेलायती नर्स लुसी लेटबीलाई सात जना नवजात शिशुको हत्या र अरु छ जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय दिएको हो ।

म्यानचेस्टर क्राउन अदालतले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि आरोपलाई पुष्टि गर्दै फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको हो ।

सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म बेलायतको काउन्टेस अफ चेस्टर अस्पतालमा नवजात शिशुको ज्यान गएपछि ३३ वर्षीया लेट्बीलाई पक्राउ गरिएको थियो ।

उनले बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिई हत्या गरेको पाइएको छ । यस्तै उनले ती शिशु र बालबालिकालाई जबरजस्ती दुध र अत्यधिक पानी खान दिई हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

बच्चाहरू बिरामी परेको वा उनीहरुको ज्यान गएको समयमा लेट्बी सिफ्टमा रहेको बताएपछि अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

उनले आफ्नो अपराध स्वीकार गरी सजया भोग्न तयार रहेको प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ ।

Categorized in अन्तर्राष्ट्रिय