“मिस नेवाः ११४३” को ताज पहिरिन सकिना महर्जनले
SamacharDesk – Ram Dangol | २०८० भाद्र ७, बिहिबार

यस वर्षको “मिस नेवाः ११४३” को उपाधि चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले जितेकी छिन् ।
मंगलबार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को प्रतियोगिता सम्पन्न भएको हो ।
सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पारेर उपाधि चुम्दै नगद एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेकी छन्। नेवारी कला, संस्कृति र भेषभूषामा भव्यताका साथ सम्पन्न प्रतियोगितामा महर्जनले प्रमुख उपाधिका साथ सकिनाले मिस पर्सनालिटीको सहविधा पनि हात पारिन् ।
काठमाडौंको म्हैपीकी रिधिशा श्रेष्ठ फस्ट रनरअप र डल्लुकी मिनशा महर्जन सेकेण्ड रनरअप घोषित भए । रिधिशा र मिनशाले पुरस्कार वापत क्रमशः २५ र १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन्। रिधिशा श्रेष्ठ फस्ट रनर्सअपका साथ मिस पब्लिक च्वाइस पनि जित्न सफल भइन् ।
प्रतियोगितामा तिमिला महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ, सुबिता देउला सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, अविशा कपाली सोसियल वेलफेयर एम्बेस्डर चिफ सेकेन्ड रनर्सअप र मिस फ्रेन्डसिप, कृष्टी प्रजापति मिस ट्यालेन्ट र तस्वीर मिस फोटोजेनिक, तुलसी कंसाकार मिस ट्यालेन्ट फस्ट रनर्सअप, रितिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप, तुलसा प्रजापति वेस्ट हेयर, अंशु प्रजापति वेस्ट नेपाल भाषा, एडिझना श्रेष्ठ वेस्ट ड्रेस, खुसी डंगोल मिस कल्चर, युनिशा महर्जन मिस चार्मिङ र रोजिना महर्जन मिस डिसिप्लिन उपाधि विजेता भएका छन्।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख तथा मिस नेवाः ११३१ सुनिता डंगोलको प्रमुख आतिथ्य र समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिलाई जीवन्त राख्न १८ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको बताइन्।
प्रमुख अतिथि उपप्रमुख डंगोलले आफू मिस नेवाः भएकै कारण यहाँसम्म पुगेको र आफूलाई पूर्व मिस नेवाः नभई मिस नेवाः मात्र भन्न आग्रह गर्दै एक पटकको मिस नेवाः सधैंको मिस नेवाः हुने बताइन्।
उनले नेवारी भाषा र कला सिक्नका लागि मात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएकोसमेत बताइन्।
कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन र राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न कार्यक्रम मिसः नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो।
Categorized in पेजथ्री