थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६७ पुग्यो
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ २, शुक्रबार

नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड) १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा ४ जना, दाङमा तीन, उदयपुर र काठमाण्डौँमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा तीन जना बालकहरु समेत परेका छन् ।
काठमाण्डौँ सतुङ्गलका ७ वर्षीय बालक, पर्साको वीरगञ्ज निवासी ९, १० वर्षीय बालकको साथै २३, ४७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष र दाङको गढवा–४, ५ र तुलसीपुर उपमहानगरपालिका–७ निवासी २३, ३४, ३६ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको साथै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणमा ती ९ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दिनुभएको जानकारी अनुसार थन भएका संक्रमित ९ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।
आज विहानै पनि ९ जनामा संक्रमण पुष्टि भएको थियो भने फेरी बेलुकी ९ जनामा संक्रमण पुष्टि भएको छ । आज सोमबार मात्रै १८ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
तीमध्ये ३६ जनालाई संक्रमण निको भइसकेको छ भने निको भएका ३ जनामा पुनः संक्रमण देखिएपछि अस्पतालमा उपचाररत छन् ।
Categorized in राष्ट्रिय