अफगानिस्तानको राष्ट्रिय निकुञ्जमा जान महिलाहरुलाई प्रतिबन्ध
SamacharDesk | २०८० भाद्र १२, मंगलबार

अफगानिस्तानमा महिलामाथि तालीवान सरकारले अर्को प्रतिबन्ध लगाएको छ ।
तालीवान सरकारले महिलालाई अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जान रोक लगाइएको हो ।
पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
अफगनिस्तानको ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जलाई युनेस्कोले बिशेष भू बैज्ञानिक संरचनाको प्राकृतिक पार्क भनी वर्णन गरेको छ ।
निकुञ्जमा महिलाहरुले आफ्ना बालबालिका लिएर घुम्न जाने गरेका थिए ।
यसैबीच अफगनिस्तानका पुर्व महिला सांसद मरियम सोलेमानखिलले तालीवान सरकारको यो निर्णयको बिरोध गर्दै महिलाहरुको हक अधिकारका लागि लडिरहने बताइन् ।
Categorized in अन्तर्राष्ट्रिय