arin enterprises

'रंगेली'को गीत युरोपको "Budapest Orchestra" मा रेकर्डिङ

SamacharDesk | २०८० भाद्र १८, सोमबार

Planet3 Films , Paradise Pictures In Association With LIVE AT PRESENT को संयुक्त सहकार्यमा अर्जुन सुबेदी निर्देशित 'रंगेली' फिल्मको गीतमा विश्व प्रतिष्ठित Budapest Orchestra ले Live orchestra हाल्ने भएको छ ।

सुशान्त गौतमद्वारा संगीत भरिएको उक्त गीतको केहि अंश Budapest Orchestra संग सहकार्य हुन गइ रहेको छ ।

गीतमा रिकेश गुरुङको संगीत संयोजनमा रहेको छ । नेपाली फिल्मको उक्त गीत पहिलो पल्ट युरोप पठाइएको हो । हर्क साउदको शब्द रहेको गीतमा Budapest Orchestra ले आफ्नो सांगीतिक जादू भर्ने छ।

नेपाली संगीतको पहिचान कायम राख्दै Western समूहसंग सहकार्य हुने भएको यो पहिलो पल्ट हो । रोमान्टिक genre मा बनेको उक्त गीतमा सनुप पौडेल र अन्नु चौधरीको अवाज रहने , कार्यकारी निर्माता जीतेन्द्र खतिवोडाले पुस्टि गरेका छन ।

संगीतकार AR Rahman , Anirudh Ravichander , Ajay - Atul, ओस्कार बिजेता कोरियन फिल्म "Parasite को काम गरिसकेको Budapest Orchestra ले पहिलो पल्ट कुनै नेपाली फिल्मी गीतमा Orchestra Music भरनेछन्।

सुशान्त गौतमको पहलमा हुन आटेको यो फिल्मको गीत "रंगेली"का निर्माता र Budapest Orchestra मिलेर प्रोडुस गर्दै छन् । फिल्ममा दया हाङ्ग राई , मिरुना मगर , अर्पण थापा , प्रविन खतिवडाको मुख्य भूमिका रहेको छ।

नेपाली संगीत प्रेमीहरुलाई नेपाली र वेस्टर्न Orchestraको fusion ले नयाँ आयाम खोल्ने छ भन्ने विश्वास गरिएको छ ।

Categorized in पेजथ्री