arin enterprises

थप दुई जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २७८

SamacharDesk – विकाश | २०७७ जेठ ३, शनिबार

नेपालमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै थप दुई जनामा  कोरोना संक्रमित देखिएको छ । 

पछिल्लो पटक देखिएका थप दुई जना नयाँ संक्रमितमा काभ्रेका २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुष रहेका छन् ।

योसँगै नेपालमा नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

तीमध्ये २ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् ।

संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् भने निको हुने ३ जनामा पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन् ।

Categorized in राष्ट्रिय