arin enterprises

धुलिखेलमा सुत्केरीको मृत्यु सम्वन्धमा अनुसन्धान थालियो

SamacharDesk – विकाश | २०७७ जेठ ३, शनिबार

धुलिखेलमा सुत्केरीको मृत्युको सम्वन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अनुसन्धान थालेको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले धुलिखेल अस्पतालमा मृत्यु भएकि सुत्केरीको बारेमा अध्ययन थालिएको जानकारी दिए ।

हिजो शुक्रवार धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक निवासी २९ वर्षीया सुत्केरीको मृत्यु भएको छ भने उनमा कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको बताइएको छ ।

ज्वरो, श्वासप्रश्वास लगायतका समस्या देखिएर उनलाई धुलिखेल अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो ।

मृतक महिलाको बारेमा थप विवरण लिइरहेको र कोभिड १९ सम्वन्धि थप परिक्षणहरु भइरहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।

उनको पिसिआर टेस्ट लगायतका सम्पूर्ण विवरण प्राप्त भएपछि यसबारेमा आधिकारिक जानकारी दिइने देवकोटाले बताएका छन् ।

हाल धुलिखेल अस्पताललाई सिल गरिएको छ । महिलामा संक्रमण पुष्टि भइनसकेको र सतर्कताको लागि सिल गरिएको अस्पताल श्रोतले बताएको छ ।

ती महिलाको काठमाडौं महाराजगंजस्थित शिक्षण अस्पतालमा गत वैसाख २४ गते डेलिभरि भएको थियो भनभे २५ गते डिस्चार्ज भएर घर फर्केकि थिइन् ।

घर पुगेपछि ज्वरो, श्वासप्रश्वास लगायतका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराउन गएकि थिइन् ।

पछि स्वास्थ्य स्थिती झन् जटिल हुनथालेपछि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो भने अस्पताल आउँदै गर्दा उनको मृत्यु भएको थियो ।

धुलिखेलमा गरिएको परिक्षणको नतिजा शंकास्पद देखिएपछि थप परिक्षणको लागि मृतक महिलाको स्वाब नमूना काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

Categorized in समाज