फ्रान्सको अपराजित यात्रा कायमै
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २२, शुक्रबार

युरोकप २०२४ छनोटमा फ्रान्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
बिहीबार राती भएको खेलमा फ्रान्सले आयरल्यान्डलाई पराजित गर्दै पाँचौ खेलमा अपराजित रह्यो ।
पाँचौ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा फ्रान्सले आयरल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान पार्क डेस प्रिन्समा भएको खेलमा फ्रान्सका औरेलियन चुवामेनी १९ औं र मार्कोस थुरामले ४८ औं मिनेटमा गोल गरे ।
फ्रान्स ५ खेलमा शतप्रतिशत जितका साथ समूह ‘बी’को शीर्षस्थानमा रहेको छ ।
६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।
त्यस्तै जर्मनी भने आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ ।
Categorized in स्पाेर्ट्स