इटालीमा यात्रा प्रतिबन्ध हटाइने
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ४, आइतबार

इटालीमा यात्रा प्रतिबन्ध हटाइने भएको छ ।
केहि दिन अघि लकडाउन खुकुलो बनाएको इटाली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध पनि हटाउने घोषणा गरेको हो ।
महामारी नियन्त्रणमा आउन थालेसँगै ईटाली सामान्य जीवनमा फर्किने कोशिशमा छ ।
ईटालीमा विगतको अनुपातमा कोरोनाभाइरस (कोभिड १९) को नयाँ संक्रमण कम हुँदै गएको छ । तरपनि त्यहाँ अझै ७० हजार बढि संक्रमित उपचाररत छन् ।
भविष्यमा पर्न सक्ने आर्थिक संकटबाट उकास्नका लागि यस्तो निर्णय लिइएको ईटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले बताए ।
यहाँ यात्रा प्रतिबन्ध हटे पनि युरोपिय देशहरूबाट इटाली आउने नागरिकहरूलाई अनिवार्य दुई हप्ता क्वारेन्टाइनमा राखिने प्रधानमन्त्री कोन्टेले बताएका छन् ।
४ मेदेखि उद्योगहरू खोल्ने अनुमति पनि दिइएको छ ।
साथमा २५ मे देखि स्विमिङ पुल र स्पोर्टस सेन्टरहरु पनि खोलिने भएको छ ।
१५ जुनदेखि सिनेमा घरहरू समेत खोलिनेछ ।
कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले इटालीले मार्च ९ बाट देशव्यापी लकडाउनको घोषणा गरेको थियो ।
इटाली लकडाउन गर्ने युरोपको पहिलो देश हो ।
इटाली कोरोनाबाट बढि प्रभावित देशहरूमा हाल छैठौँ स्थानमा छ ।
इटालीमा अहिलेसम्म २ लाख २४ हजार ७ सय ६० जना संक्रमित छन् भने ३१ हजार ७ सय ६३ जनाको ज्यान गइसकेको छ ।
१ लाख २२ हजार ८ सय १० जनाले भने कोरोनासँगको युद्ध जितेर घर फर्केका छन् ।
Categorized in अन्तर्राष्ट्रिय