arin enterprises

नेपालमा कोरोना संक्रमणबाट दोश्रो मृत्यु

SamacharDesk – विकाश | २०७७ जेठ ४, आइतबार

नेपालमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ ।

बाँकको क्वारेन्टाइनमा बसेका २५ वर्षीय यूवकको कोरोनाभाइरस संक्रमणबाट आज मृत्यु भएको हो ।

आज बिहान ६ः४० बजे मृत्यु भएका उनको परिक्षणको लागि हिजै संकलन गरिएको थियो ।

आज उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरे ।

भेरी अस्पतालमा गरिएको परिक्षणमा मृतकमा कोरोना पोजेटिभ देखिएको हो ।

मृतक व्यक्ति गत वैसाख ३० गते भारतबाट आइ बाँके नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरमा बनाइएको क्वारेन्टाइनमा बसेका थिए ।

मृतक यूवक बसेको क्वारेन्टाइनमा अन्य ३८ जना रहेको बताइएको छ ।

हिजो मात्रै सिन्धुपाल्चोक बाह्रविसे निवासी २९ वर्षीया सुत्केरी महिलाको धुलिखेल अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई जना पुगेको छ । साथै, नेपालमा कोरोनाबाट संक्रमितको कुल संख्या २ सय ९२ जना पुगेको छ ।

तीमध्ये ३६ जना निको भएका छन् भने निको भएका ३ जनामा पुनः संक्रमण पोजेटिभ देखिएर अस्पतालमा उपचाररत छन् ।

Categorized in राष्ट्रिय