न्यूरोडमा आगलागी
SamacharDesk – समाचार श्रोत – विनोद तुलाधर (कामपा २४ वडा सदस्य) | २०७७ जेठ ४, आइतबार

काठमाडौं २२ वडास्थित न्यूरोड प्यूखा टोलको एक घरमा आज दिउँसो आललागी भएको छ ।
घर बाहिरको विद्यूतको तार सर्ट भई राजेन्द्र महर्जन नामक व्यक्तिको पाँचतल्ले घरमा आगलागी भएको हो ।
आगो लागेर सो घरमा भएका विभिन्न पसलका सामानहरु जलेका छन् ।
घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रलगायतका दमकलको सहायतमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगोले भएको क्षतिबारे जानकारी संकलन भइरहेको प्रहरीको भनाई छ ।
घटनामा कुनै प्रकारको मानवीय क्षति भने भएको छैन ।
फोटो –विनोद तुलाधर
Categorized in समाज
