arin enterprises

‘सीता’ हिमालय टेलिभिजनमा

SamacharDesk – बिराज | २०८० आश्विन १३, शनिबार

घरेलु हिंसाको विषयवस्तुलाई उठान गरिएको पारिवारिक टेलिसिरियल ’सीता’ को प्रसारण सुरु भएको छ ।

सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रिमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो ।

हरेक मंगलबार राती ८ बजे प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमा पनि अपलोड हुने निर्माण पक्षले जनाएको छ ।

गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई सिरियलमा मुख्य रुपमा उठान गरिएको बताइएको छ ।

सीताको भूमिकामा सुनिसा बजगाईँले अभिनय गरेकि छिन् । त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ ।

बालकृष्ण ओलिले सीताको जँड्याहा श्रीमानको भूमिका निभाएका छन् भने राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका रहेको छ ।

Categorized in पेजथ्री