कथाकारहरुले विषयगत विविधतामा ध्यान दिनुपर्नेमा जोड
SamacharDesk – विजयरत्न | २०८० आश्विन १८, बिहिबार

सम्वन्धि अन्तरक्रिया सम्पन्न नेपालभाषाको कथा सम्वन्धि समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालभाषाको कथा क्षेत्रमा सक्रिय संस्था बाखं दबूको आयोजनामा गत मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साहित्य विश्लेषक, समालाेचक पुर्णकाजी ताम्रकारले नेपालभाषाको कथा साहित्यलाई लिएर आफ्ना विचार राख्दै कथाकारहरुले विषयगत विविधतामा ध्यान दिनुपर्नेमा जोड दिए ।
समालोचक ताम्रकारले कार्यक्रममा प्रस्तुत गरिएको कथाहरुको पनि समालोचना गरेका थिए ।
कथाकारहरु माणिक उराय् ,दिब्या बज्राचार्य, रेणु श्रेष्ठ, विमला शाक्य अन्जना ताम्रकार र कृष्णभक्त बोडे र राजा शाक्यले आआफ्ना कथा श्रृजना सुनाएका थिए ।
कार्यक्रममा दबूका सदस्य, बद्री बेदना, लोचनतारा तुलाधर लगायतले संस्थाको गतिविधि, उद्देश्य सम्वन्धि प्रकाश पारेका थिए ।
Categorized in पेजथ्री