नेपालको नयाँ नक्सा पारित
SamacharDesk – विकाश | २०७७ जेठ ५, सोमबार

नेपालको नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा समेटिएको छ । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ।
आज सम्पन्न मन्त्रिपरिषद् बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पास गरेको हो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन् । मन्त्री अर्यालले वैठकमा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा पेश गरेकि थिइन् ।
अब नेपाल सरकारका निसान छापहरु, सरकारी कामकाजमा प्रयोग हुने नक्सा, पाठ्यपुस्तकलगायत सार्वजनिक प्रयोगमा ल्याइने नक्सामा नयाँ पारित भएको नक्सा नै प्रयोग गरिने बताइएको छ ।
भारतले नोभेम्बरमा लिम्पियाधुरालाई समेटेर देशको नक्सा जारी गरेको थियो ।
केही दिन अघि त भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गर्यो । यसपछि भने दुई देशवीचको सीमा विवाद चुलिएको थियो ।
भारतले यो विषयमा वार्ता गर्न भनिरहँदा भारतले भने कोरोना महामारी नियन्त्रणमा आएपछि वार्ता गर्ने भनेर टार्दै आएको थियो ।
गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो।
सो घोषणालाई कैयनले स्वागत गरेका थिए भने कतिले घोषणा कार्यान्वयन हुनेमा शंका पनि पोखेका थिए ।
आज नेपाल सरकारले नेपालको नयाँ नक्सा पारित गर्दै नीति तथा कार्यक्रममा गरिएको घोषणा पूरा गरेको छ ।
अहिले सामाजिक संजालको भित्ता नेपाल सरकारको यो कदमको प्रशंशाले भरिएको छ ।
Categorized in राष्ट्रिय