तीन विशिष्ट व्यक्तित्वहरुको कृति लोकार्पण
SamacharDesk | २०८० आश्विन २९, सोमबार

तीन विशिष्ट व्यक्तित्वहरुको तीन वटा कृति एकपटक लोकार्पण भएको छ ।
वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठको जीवनी र विद्वान लेखक कमल प्रकाश मल्लको नेपालभाषा साहित्य सम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक कृति एकसाथ लोकार्पण गरिएको छ ।
शताब्दी पुरुष जोशीको जीवनी ‘सत्यया खोज’ जितेन्द्र रसिकले लेख्नु भएको हो भने जनकवि दुर्गालाल श्रेष्ठको जीवनी ‘कवि कविताया छवि’ लेखक आर. मानन्धरले लेख्नु भएको छ ।
त्यस्तै अर्काे एउटा पुस्तक ‘क्लासिकल नेवार लिटरेचर’ प्रा. डा. मल्लले ४४ वर्ष अगाडि लेख्नु भएको पुस्तक एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
यी तीनवटै कृतिको प्रकाशक एजुकेशन पब्लििसिङ हाउस रहेको छ । कार्यक्रमा लेखक जितेन्द्र रसिकले शताब्दी पुरुष जोशी यस युगको प्रकाश भएको बताउनुभयो । उहाँको बारे जति लेखे पनि त्यो अपुग हुने बताउनुभयो ।
त्यस्तै जीवनी लेखक आर मानन्धरले जनकवि दुर्गालाल श्रेष्ठसँगै अग्रज भाषिक योद्धाहरुको योगदानबाट आज नेपालभाषा र तामाङभाषालाई सरकारी मान्यता दिलाउन सफल भएको बताउनुभयो । अ
ब उहाँको बाटो समातेर हामी सधैँ जागृत भई अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । पुस्तकको समीक्षा गर्ने क्रममा समीक्षक गोपीकृष्ण ढुंगानाले जोशीको जीवनी एउटा महत्वपूर्ण र प्रेरणादायिक दस्तावेज हुने बताउनुभयो ।
पुस्तकको हरेक अनुच्छेदमा अनुसन्धानमूलक भएकोले पनि यसको महत्व धेरै भएको दावी गर्नुभयो ।
त्यस्तै जोशीका जेष्ठ सुपुत्र अणुराज जोशीले सत्यको खोजभित्र आप्mनो पिताको इतिवृतान्त समाहित रहेको बताउनुभयो ।
त्यस्तै जीवनीका नायक जनकवि दुर्गालाल श्रेष्ठले आप्mनो मन्तव्य राख्ने क्रममा आपूm भौतिक रुपमामात्र नभई पुस्तकमा पनि रहेको अभिव्यक्ति दिनुभयो ।
कार्यक्रममा प्रा. डा. मल्लका कृति ‘क्लासिकल नेवार लिटरेचर’का समिक्षक तथा अधिकारकर्मी मल्ल के. सुन्दर तथा सर्जक अभि सुवेदीको उपस्थिति रहेको थियो ।
Categorized in पेजथ्री