गाजापट्टीको अस्पतालमा गरेको हमलामा सयौंको मृत्यु
SamacharDesk | २०८० कार्तिक १, बुधबार

गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा ५ सय बढी प्यालेस्टाइनीको मृत्यु भएको आशंका गरिएको छ ।
मङ्गलबार गाजापट्टीको अल अहली अरब अस्पतालमा गरिएको हवाई हमलापछी अस्पताल भवन भग्नावशेषमा परिणत भएको छ ।
राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।
अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ । घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ ।
इजरायलले भने आफुहरुले अस्पतालका आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनके अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ ।
तर इजरायली दावीलाई प्यालेस्टाईन र अरब देशहरले झुटको संज्ञा दिएका छन् । इजरायलले गाजापट्टीको उत्तरी भेग खाली गर्न आदेश दिएको केही दिनमै अस्पतालमा भिषण हमला भएको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो घटनालाई आतंकबादी हमलाको संज्ञा दिंदै इजरायली बालबालिकाको हत्या गरेको हमासले आफ्ना बालबालिकाको पनि अनाहकमा ज्यान लिएको प्रतिक्रिया दिनुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय