arin enterprises

काठमाडौंको तीनै जिल्लामा भेटियो संक्रमण, कुल संक्रमित संख्या ४०२

SamacharDesk – विकाश | २०७७ जेठ ६, मंगलबार

नेपालमा आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला लगायत देशका विभिन्न स्थानमा २७ नयाँ कोरोनाभाइरस (कोभिड १९) संक्रमित भेटिएका छन् ।

आज थप हुने संक्रमितमध्ये ३ जना काठमाडौं जिल्लाका छन् भने भक्तपुर र ललितपुरमा एक एक जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापाका ९ जना, कपिलवुस्तका ४ जना, सर्लाहीका २ जना, मोरङ, सुनसरी, मनवानपुर, रामेछाप, सिन्धुली, लमजुङ र नवलपरासीका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

आज थप भएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट संक्रमितहरुको स्थायी साथै हाल वसोवास गरिरहेको ठेगाना अनुसार कन्ट्याक्ट ट्रेसिङ शुरु भइसकेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

देशका ३६ वटा जिल्लामा संक्रमण देखिएको देवकोटाले जानकारी गराउनुभएको छ ।

२७ जनामा संक्रमण पुष्टि भइसकेपछि कुल संक्रमितको संख्या ४०२ पुगेको छ । जसमध्ये ३७ जना उपचार पछि निको भई घर फर्केका छन् भने दुई जनाको मृत्यु भएको छ ।

Categorized in राष्ट्रिय