arin enterprises

अब लक्षण नभएकाले पनि कोराना परिक्षण सशुल्क गर्न पाउने

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ६, मंगलबार

अब नेपालमा लक्षण नदेखिएका हरेकले स्वेच्छिक रुपमा कोरोना परिक्षण गर्न पाउने भएको छ । 

तोकिएको शुल्क तिरी सार्वजनिक स्वास्थ्य संस्थामार्फत शुल्क तिरेर कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार लक्षण नभएका स्वदेशी साथै विदेशी नागरिकले समेत पीसीआर परिक्षण उपलब्ध सशुल्क गराउने नीतिगत निर्णय भएको बताउनुभयो ।

परिक्षणको शुल्क भने सम्वन्धित स्वास्थ्य संस्थाले आफ्नो मापदण्ड अनुसार तोक्ने पनि प्रवक्ता डा. देवकोटाले बताए ।

परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड भने पालना गर्नुपर्ने बताइएको छ ।

सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने शर्त अनिवार्य पालना गर्ने शर्तमा लक्षण नभएकाको पनि स्वेच्छाले कोरोना संक्रमणको पिसिआर परिक्षण गरिने देवकोटाले जानकारी दिनुभयो ।

यसबाट पीसीआर विधिबाट गरिने परीक्षणको दायरा बढ्नुका साथै परिक्षणको संख्या समेत बढ्ने अपेक्षा गरिएको छ ।

Categorized in राष्ट्रिय