धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टरको भूकम्प
SamacharDesk | २०८० कार्तिक ५, आइतबार

आज बिहान धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो ।
बिहान कडा झड्कासहित भूकम्प आए पछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए । भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको छ । पटक–पटक चार रिक्टर स्केलभन्दा माथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेका छन् ।
भूकम्पका कारण धादिङ खरी आसपासका क्षेत्रहरुमा निकै पहिरो गएको छ । खरी र मैदीमा कच्ची घर गोठ भत्किएको खबर आए पनि मानवीय क्षति भने नभएको जनाएको छ ।
भूकम्पको धक्का बारम्बार महसुस भइरहेको छ । आहिलेसम्म ५ धक्का महसुस गरिएको छ । मानिसहरू घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन् ।
Categorized in राष्ट्रिय