भिमसेन यःसि महिलाहरुले उठाइयो
SamacharDesk – Ram Dangol | २०८० कार्तिक १२, आइतबार

काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व शनिबारबाट शुरु भएको छ ।
यःसिं गुं पर्वको अवसरमा शनिबार काठमाडौंको भिमसेनस्थानको मन्दिर परिसरमा शनिवार महिलाहरुले यःसिं उठाएको छ ।
अनौठो अनि दुर्लभकै रुपमा लिंदै आएको उक्त पर्व भिमसेनस्थानका स्थानीय महिलाहरुले हिजो विहान ८ बजेर ४५ मिनेटको शुभसाईतमा यःसिं उठाएको हो ।
यो पर्व अबको एक महिनासम्म चल्नेछ । महिलाहरुलाई जागरुक बनाउन र अघि सार्नका लागि सांकेतिक रुपमा यो पर्व मनाइने गरिन्छ ।
पर्वको बारेमा बोल्दै सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले परापूर्वकालद्खि चलिरहेको यो पर्व २५ वर्ष रोकिएपछि पुनः शुरु गरिएको बताउनु भयो ।
उहाँले महिला सशक्तिकरणलाई जोड दिनका लागि यो पर्व शुरु गरिएको बताउनु भयो । त्यस्तै पर्वमा सहभागी महिला रञ्जु कपालीले महिलालाई जागरुक बनाउनका लागि यो पर्व शुरु गरिएको बताउनु भयो ।
उहाँले २५ वर्ष पहिला रोकिएको यो पर्वलाई महिला सशक्तिकरणका लागि पुनः शुरु गरिएको बताउनु भयो ।
उहाँले महिलाहरु पछि परिरहेको समयमा महिलालाई कुनैपनि काममा अघि बढाउनुपर्ने सन्देशसहित यो पर्व मनाइने बताउनु भयो ।
Categorized in संस्कृति