अभिनेता म्याथ्यु पेरीको निधन
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १२, आइतबार

हलिउड तथा क्यानेडियन अभिनेता म्याथ्यु पेरीको निधन भएको छ । उनी आफ्नै घरमा मृतक भेटिएका हुन् ।
शनिबार लस–एन्जलसस्थित घरको बाथटबमा डुबेर ५४ बर्षीय पेरीको मृत्यु भएको हो ।
लसएन्जलस प्रहरीले अभिनेता पेरीको मृत्युको अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यम सीएनएनले जनाएको छ ।
पेरी सन् १९६९ अगष्ट १९मा संयुक्त राष्ट्र अमेरिकास्थित म्यासाचुसेट्सको विलियमस्टाउन शहरमा भएको थियो ।
उनले सन् १९७९ मा ‘२४० रोबर्ट’ मार्फत आफ्नो अभिनय यात्रा सुरूवात गरेका थिए। यस टिभी शोमा उनले सानो भूमिका निर्वाह गरेका थिए ।
त्यसपछि उनले ‘नट नेसेसरीली द न्यूज, चाल्र्स इन चार्ज, सिल्भर स्पुन्स, हाइवे टु हेभन र द ट्रेसी उलम्यान शो’ लगायतमा काम गरेका छन् ।
उनी वार्नर ब्रदर्स टेलिभिजन समूह परिवारको एक महत्वपूर्ण सदस्य थिए । वार्नर ब्रदर्स टेलिभिजन समूहले एक एक विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘उनको हास्य प्रतिभाको लोकप्रियता संसारभरि महसुस गरिएको थियो र उनको विरासत धेरैको हृदयमा बाँच्नेछ । यो एक हृदयविदारक दिन हो, र हामी उनको परिवार, उहाँका प्रियजन र समर्पित प्रशंसकलाई हाम्रो माया पठाउँछौं’ ।
यस्तै उनले सन् १९९४ मा ‘फ्रेन्ड्स’ सिरिजमा अभिनय गरे । उनले अभिनय गरेका व्यंग्यात्मक चन्डलर विङको भूमिकाले उनलाई विश्वभर चर्चा दिलायो । यहि पात्रले पेरीलाई नेपालमा समेत चर्चा दिलाएको छ ।
Categorized in पेजथ्री