सरकारी सेवा विहीबारदेखि ४ बजेसम्म मात्र
SamacharDesk | २०८० कार्तिक १६, बिहिबार

देशभरका सरकारी कार्यालय विहीबारदेखि दैनिक ६ घण्टा मात्र खुल्ने भएका छन् ।
जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने अनुरुप आजदेखि बेलुकी ४ बजेसम्म मात्र सेवा सुचारु हुने भएको हो ।
सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् ।
यो अवधिमा शुक्रवारको दिन भने दिउँसो ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म भने बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् ।
Categorized in राष्ट्रिय