थप २५ जनामा संक्रमण पुष्टि, ८ जना निको भए
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ७, बुधबार

नेपालमा बुधबार थप २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष छन् भने ७ महिला छन् ।
नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ ।
उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् ।
१० जना महाराजगञ्ज गाउँपालिकाकामध्ये ३, ४ र ६ वर्षका बालिका समेत छन् ।
यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४२७ पुगेको छ ।
तीमध्ये ४५ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
आजै कोसी अस्पतालमा उपचाररत उदयपुरका ८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ड भएका छन् ।
दुई जनाको भने मृत्यु भएको छ ।
Categorized in राष्ट्रिय